Main News
कास्कीमा भएको बस दुर्घटनामा ४५ जना घाइते
२०७९ फागुन ७ गते १५:५६

७ फागुन २०७९ कास्की । पोखराबाट पोखराकै बेगनासका लागि छुटेको यात्रुबहाक बस दुर्घटनामा परेर ४५ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले जानारी दिन
ुभयो ।
दिउँसो २ स् ३० बजे ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिक बस दुर्घटना भएको हो । दुर्घटनामा ३४ जना पुरुष, १० जना महिला र एक जना बालक घाइते भएको उनले बताए ।
घाइतेको उद्वार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए । बस अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया