बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२०८० जेठ १० गते १३:४७
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

१० जेठ २०८० मनहरी । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ उहाँलाई डाक्टरले मृत घोषण गरेका थिए ।

बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *