जुम्ला

जुम्लाबाट ७ जना स्वास्थ्यकर्मीको टोली भेरी अस्पताल पुग्यो

१९ वैशाख २०७८ बाँके । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट डाक्टर प्रवीण गिरीको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोली नेपालगन्जको भेरी अस्पतालमा आएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा। गिरीसहित दुई जना एमबीबीएस डाक्टर,...

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट

२२ चैत २०७७ सिन्जा । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रण बाहिर...

जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

१४ माघ २०७७ जुम्ला । जुम्लाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेर नष्ट भएका छन् । जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा गएराती आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी...

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

१२ माघ २०७७ खलङ्गा । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली...

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

२२ कात्तिक, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार...

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरीकाण्डको रहस्य खुल्दै

२२ असोज, २०७७, जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरी काण्डको रहस्य खुल्दै गएको छ । केही दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा चन्दननाथ नगरपालिका १० बोहरागाउँ खोलापानेस्थित एक ओडार मुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला...

चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी जुम्ला पुगेर अनसनमा

२९ भदौ, २०७७ काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन शुरु गर्नुभएको छ । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा केसीले १९ औं सत्याग्रह सुरु गर्नुभएको हो । निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा...

अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई होटल बाहिर निस्कन रोक

११ भदौ, २०७७ काठमाडौं । आफूसँगको सम्झौता कार्यान्वयनको माग राख्दै अनशन बस्न जुम्ला पुगेका डाक्टर गोविन्द केसीलाई प्रहरीले होटल बाहिर निस्किन रोक लगाएको छ । डाक्टर केसी बसेको होटल रोयल गार्डेनबाट बाहिर निस्किन प्रहरीले रोकेको हो । सरकारले २०७५...

जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

५ भदौ, २०७७, जुम्ला । जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमित थपिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ठुलो संख्यामा संक्रमित भेटिएका हुन् । संक्रमित मध्ये सबैभन्दा धेरै हिमा गाउँपालिकाका छन् । उक्त गाउँपालिकाका विभिन्न वडाका...

कोरोनाका कारण एक जना युवाको मृत्यु, जुम्लामा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

२३ जेठ, २०७७, सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । हिजो बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु...