जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

२०७९ जेठ ४ गते ७:४२
जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

४ जेठ २०७९ खलङ्का । जुम्लाको तिला गाउँपालिकामा नेकपा ( माओवादी केन्द्र)ले विजय हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी हुनुभएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याउनुभएको छ ।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो । एमालेका रेशम शाहीले एक हजार ७५२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *