Main News

जुम्लाको हिमाली क्षेत्रमा फसेकामध्ये दुई जनाको चिसोका कारण मृत्यु

हिमालय टिभी
२०७८ माघ २४ गते १३:०७
जुम्लाको हिमाली क्षेत्रमा फसेकामध्ये दुई जनाको चिसोका कारण मृत्यु

२४ माघ २०७८ जुम्ला । जुम्लाको पाटन क्षेत्रमा जडिबुटी टिप्न गएका ३४ जना हिउँमा फसेका छन् भने दुई जनाको चिसोले मृत्यु भएको छ ।

जडिबुटी टिप्न जुम्लाको पाटनमा गएका तातोपानी गाउँपालिका–७ र ८ का ३४ जनाको उद्धारका लागि गएको नेपाली सेनासहितको टोली फर्किएको छ । त्यस क्षेत्रमा करिब ४ फिटसम्म हिउँ जमेको छ ।

दुई साता पहिले पाटनको लेक क्षेत्रमा पुगेर जडिबुटी संकलन गरेर फर्कने क्रममा भारी हिमपात भएपछि ४ दिनदेखि उनीहरु हिउँमा फसेका हुन् ।

हिउँमा फसेका तातोपानी–७ बारगाउँका ४६ वर्षीया मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जडिबुटी टिप्न गएका झन्डै ५५ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टर ल्याण्ड हुन नसकेपछि खानेकुरा खसालेर फर्किएको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर संगै पाटन क्षेत्रमा पुगेका एमाले जुम्लाका उपाध्यक्ष सुरत शाहीले जानकारी दिनुभयो ।

अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *