Main News

जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

हिमालय टिभी
२०७९ असार ३१ गते ८:५३
जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

३१ असार २०७९ जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

आज बिहान साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा आयोजनामा कार्यरत गोरकबहादुर रावतका ३० वर्षकी श्रीमती विमला रावत, छोराहरू ९ वर्षका भरत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको हो ।

स्थानीयबासीका अनुसार उनीहरू तीनैजना आयोजनाको पावर हाउसभित्र सुतेका थिए । बिजुली अवरुद्ध भएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंले बताउनुभयो ।

प्रहरी राति नै घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *