समाज

जुम्लामा आधुनिक प्रविधि, किसान दङ्ग (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते १७:१२
जुम्लामा आधुनिक प्रविधि, किसान दङ्ग (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ जुम्ला । जुम्लामा परम्परागत तरिकाबाट कृषि पेशा गरिरहेका किसान आधुनिक प्रविधि आएसँगै दङग परेका छन् ।

परम्परागत कृषिमा बढी परिश्रम गर्नुपर्ने, जनशक्ति पनि लाग्दा लगानी नै नउठ्ने हुँदा निराश भएका किसानलाई आधुनिक प्रविधिले खुसी दिएको हो ।

जुम्लाको तिला गाउँपालिका ९ राँसाकी रमिता रावतको परिवारलाई धान चुट्न एक हप्ताभन्दा बढी लाग्थ्यो । खेतला लगाएर चुट्दा १५–२० हजार खर्च हुन्थ्यो ।

समय बढी लाग्ने, खर्च पनि बढी लाग्ने हुँदा बाली भित्राउने समयमा रमिताको परिवारलाई निक्कै समस्या पर्थ्यो । तर कृषि विकास कार्यालय जुम्लाले बाली चुट्ने आधुनिक उपकरण दिएपछि रमिताको परिवारलाई सजिलो भएको छ ।

कृषि विकास कार्यालय जुम्लाले किसानलाई तीस प्रतिशत छुटमा आधुनिक उपकरण उपलब्ध गराएको छ । उपकरण पाएपछि खड्क रानाको परिवारलाई पनि जौं, गहुँ, धान तथा साना कोशेबाली चुट्न सहज भएको छ ।

धान, गहुँ झार्ने मेसिन मात्रै हैन पिसानी तथा तेल निकाल्ने उपकरण पनि जिल्ला कृषि विकास कार्यालयले दिएपछि तिला गाउँपालिकाका किसानलाई सजिलो भएको छ । कार्यालयले किसानको सहजताका लागि अठार वटा मल्टी थ्रेसर मेशिन, तीनवटा कुटानी पिसानी मेशिन र तेल पेल्ने मेशिन उपलब्ध गराएको हो ।

जुम्लामा केही समय अगाडि नै आधुनिक कृषि उपकरण शहरी क्षेत्रमा पुगे पनि ग्रामीण क्षेत्रका किसानले भने पाएका थिएनन् । कृषि विकास कार्यालयले सहुलियतमा ग्रामीण भेगका किसानलाई मेसिन उपलब्ध गराए पछि तिला गाउँपालिकाका किसानलाई सहज भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *