कार्यदल

नेकपा प्रचण्ड–ओली समूहद्वारा सांगठनिक कार्यविभाजन कार्यदल गठन

१९ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टीभित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो ।...

नेकपा विवाद उत्कर्षमा पुगेपछि कार्यदल फेरि सक्रिय, प्रधानमन्त्रीसँग छलफल

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल फेरि सक्रिय भएको छ । विवाद समाधानका लागि सक्रिय कार्यदलका सदस्यहरुसँग प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

कोरोनाले थलिएको पर्यटन क्षेत्रबारे अध्ययन गर्न कार्यदल गठन

२३ भदौ, २०७७ काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको उद्धारका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई तत्कालका लागि टिकाउने र दीर्घकालिन रुपमा पुनरुत्थानको योजना बनाउन बोर्डले कार्यदल बनाएको हो...

नेकपा विवादः कार्यदल बनेपछि माधव नेपाल समूहमा असन्तुष्टि (भिडियोसहित)

९ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानको लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट देखिन्छ । प्रतिवेदनमा दुइ अध्यक्ष ओली र प्रचण्डको व्यवस्थापनमा जोड दिइएको तर विधि पद्धति स्थापित गर्न ध्यान नदिइएको नेपाल...

नेकपाका दुई अध्यक्षबीचको संघर्ष अन्त्य गर्न कार्यदलको चार बुँदे प्रस्ताव

८ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अधिकार बाँडफाँडको संघर्ष अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले ‘कार्यविभाजन तथा...

महासचिव पौडेल नेतृत्वको कार्यदलले बुझायो प्रतिवेदन

६ भदौ, २०७७ काठमाडौं । पार्टीभित्रको विवाद पहिचान गरी समस्या समाधनका लागि सुझाव दिन गठित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदल गठन भएको ८...

कार्यदल गठनप्रति नेकपा उपाध्यक्ष गौतमको आपत्ति, दुवै अध्यक्षको राजीनामा माग

१ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले कार्यदल गठनप्रति आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले कार्यदल गठन गरिएकोमा आपत्ति प्रकट गर्नुभएको हो । गौतमले कार्यदललाई अनावश्यक भन्नुभएको...

नेकपा अध्यक्षद्वयले गठन गरेको ६ सदस्यीय कार्यदल सचिवालय बैठकबाट अनुमोदन

१ भदौ, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत बिहीबार गठन...

कार्यदल बनेसँगै पार्टी फुट्नबाट जोगियोः प्रवक्ता श्रेष्ठ

३२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल बनेसँगै पार्टी फुट्नबाट जोगिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत श्रेष्ठले पार्टी फूटबाट जोगिएको दावी गर्नुभएको हो । श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ– कार्यदलले आफ्नो...

नेकपा अध्यक्षद्वयले गठन गरेको कार्यदलप्रति तीन नेताले उठाए प्रश्न

३१ साउन, २०७७ काठमाडौं । पार्टीभित्रको विवाद समाधानको लागि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलमाथि सचिवालयका तीन जना नेताले प्रश्न उठाएका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर वरिष्ठ नेता झलनाथ खनाल,...