Main News

सिट बाँडफाँट टुङ्गो लगाउन गठबन्धनको कार्यदलको बैठक बस्दै

हिमालय टिभी
२०७९ भदौ १ गते ८:५९
सिट बाँडफाँट टुङ्गो लगाउन गठबन्धनको कार्यदलको बैठक बस्दै

१ भदौ २०७९ काठमाडौं । सङ्घ र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले सङ्घीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्ने कार्यदलमा सहभागी नेताहरूले बताएका छन् ।

२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.