सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्दै

१० भदौ २०७९ काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले आफ्नो दाबी पेश गरे पनि ठोस निष्कर्ष निस्कन सकेन ।
बैठकमा नेपाली कांग्रेसले १०० सिटमा दाबी पेस गरेको छ भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् ।
प्रत्यक्षतर्फ १६५ सिट रहेकोमा गठबन्धन दलहरुबाट २२७ सिटको दाबी परेको कार्यदल सदस्य तथा जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभयो ।
बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले १६५ वटा क्षेत्रलाई कसरी मिलाएर लैजान सकिन्छ भन्ने बारेमा छलफल भएको बताउनु भयो ।
बिहीबार बिहान बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्ने तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया