Main News

सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ भदौ ८ गते ७:२७
सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दै

८ भदौ २०७९ काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड तयार गर्ने जिम्मेजारी पाएको कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

हिजो बसेको बैठकपछि जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले भोलिसम्म कार्यदलले मापदण्डको टुंगो लगाउने दाबी गर्नु भएको थियो । हिजोको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

सिट बाँडफाँटबारे मापदण्डमा तयार पार्न बैठक आज साँझ ५ बजे बैठक पुनः बस्नेछ ।

विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा मापदण्ड तयार पार्ने कसरतमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *