सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै
२० भदौ २०७९ काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउने जिम्मा पाएको पाँच दलीय गठबन्धनको बैठक दिउँसो १ बजे बस्नेछ । कार्यदललाई लगातार बैठक बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुङ्गो लगाउन हिजो बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले निर्देशनसमेत दिएको छ ।
हिजो सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बसेपनि ठोस निष्कर्ष भने निस्कन नसकेपछि बैठक आजपनि बस्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनभित्र टुङ्गो लाग्ने गरी छलफल अगाडी बढेको जानकारी दिनुभयो ।
सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र विन विन हुनेगरी निर्णय लिइने उहाँको भनाइ छ । पछिल्ला केही दिनदेखि सिट बाँडफाँट टुङ्गो लगाउन निरन्तर कार्यदल क्रियाशील रहे पनि सिट सङ्ख्यामा दलहरूको आ–आफ्नै दाबी रहेपछि गठबन्धनले ठोस निस्कर्ष निकाल्न सकेको छैन ।
प्रतिक्रिया