उपराष्ट्रपति

प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुने उपराष्ट्रपतिको विश्वास

१ वैशाख २०७८ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७८...

उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

९ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा...

मर्यादा भुल्दै प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, प्रचण्ड, नेपाल र झाँक्रीप्रति आक्रोश (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र धम्कीपूर्ण अभिव्यक्तिले आज पनि निरन्तर पायो । अरुलाई मर्यादा र सम्मानको पाठ सिकाउने प्रधानमन्त्री ओली आज भने उपराष्ट्रपतिकै आलोचनामा उत्रनुभयो । उपराष्ट्रपति मात्रै होइन प्रधानमन्त्रीले सभामुखदेखि नेताहरु प्रचण्ड...

प्रधानमन्त्री ओलीद्वारा उपराष्ट्रपति र सभामुखको चर्को आलोचना

८ फागुन २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधमा भाषण गर्दै हिँडेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनको आलोचना गर्नुभएको छ । विराटनगरमा आज आयोजित सभामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनले संसद विघटनको विरोध गर्दै हिँडेको बताउनुभयो । राष्ट्रको मर्यादा...

उपराष्ट्रपति, सभामुखलगायतमथि प्रधानमन्त्रीको सचिवालयबाट यस्तो तुच्छ टिप्पणी

८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संवैधानिक निकायका पूर्वप्रमुखहरुप्रति तुच्छ टिप्पणी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रदेश २ का प्रमुखको सपथ ग्रहण समारोहमा उपस्थित नभएपछि उपराष्ट्रपति...

फागुन ७ नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिनः उपराष्ट्रपति पुन

७ फागुन २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै...

संसद विघटनविरुद्धको आन्दोलनमा उपराष्ट्रपतिको समर्थन (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनको विरोध गर्दै पूनस्थापनाका पक्षमा भैरहेको आन्दोलनको समर्थन गर्नुभएको छ । नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संसद विघटन भएपछि जनतामा निराशा र आक्रोश बढेको...

विवादकाबीच संवैधानिक निकायका पदाधिकारीले लिए सपथ, उपराष्ट्रपति र सभामुखबाट बहिस्कार

२१ माघ २०७७ काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई आज सपथ गराइएको छ । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण भएको छ । संवैधानिक निकायका...

संविधानको रक्षाका लागि जनताले सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ : उपराष्ट्रपति पुन

१ माघ २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार...

अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाउनुभयो कोरोनाविरुद्धको खोप

१५ पुस २०७७ न्युयोर्क । अमेरिकाका नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । हिजो अमेरिकाको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणको क्रममा उहाँले कोरोनाविरुद्धको खोप लगाउनुभएको हो । ह्यारिसले मोडर्ना इन्कले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको हो...