Main News

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

हिमालय टिभी
२०७९ फागुन २९ गते १३:०४
उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

२९ फागुन २०७९ काठमाडौं । उपराष्ट्रपति निर्वाचनकी उम्मेदवार जसपा सांसद प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ताको स्वघोषणा गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै सांसद यादवले जसपा संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ताको स्वघोषणा गर्नुभएको हो ।

उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको उहाँको दावी छ ।

तर, चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरिसकेकाले यादवसहित चार जनाको उम्मेदवारी कायम छ ।

उपराष्ट्रपति पदका लागि जसपाबाहेक एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाको उम्मेदवारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *