Main News

जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

हिमालय टिभी
२०७९ चैत ६ गते १४:१९
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

६ चैत २०७९ काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उहाँको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *