खेलकूद

नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले जित्यो ए डिभिजन लिगको उपाधि

हिमालय टिभी
२०८० जेठ २३ गते १७:२६
नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले जित्यो ए डिभिजन लिगको उपाधि

२३ जेठ २०८० काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले जितेको छ ।

दशरथ रंगशालामा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै उपाधि जितेको हो । चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक जोडेको छ । चर्च व्याइज दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबभन्दा ६ अंकले अघि छ ।

२०६६ सालमा राष्ट्रिय खेलकुद परिषद राखेपमा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो ।

त्यसपछि सी डिभिजन छनोट खेलेको चर्च ब्वाइज च्याम्पियन बनेर बी डिभिजनमा बढुवा भयो । त्यसपछि बी डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो । चर्च ब्वाइज छनोट हुँदै सी, बी र ए च्याम्पियन बन्ने दोस्रो क्लब भएको छ । यसअघि मनाङ–मर्स्याङ्दी लगातार च्याम्पियन भएको थियो । थ्री स्टार भने २९ अंक जोड्दै १२ औं स्थानमा छ ।

ललितपुरको च्यासल मैदानमा आज भएको अर्को खेलमा एफसी खुमलटारले एपीएफ फुटबल क्लबलाई ३-१ गोलले पराजित गरेको छ । २५ खेलबाट २७ अंक बनाएको खुमलटार १३ औं स्थानमा उक्लिएको छ । एपीएफ २५ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन । २५ खेलबाट ३८ अंक भएको पुलिस तेस्रो स्थानमा उक्लिएको छ । आर्मी पनि ३१ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

आजको अन्तिम खेलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानको जावलाखेलले ३७ अंक जोड्दा ३२ अंकसहित सातदोबाटो पाँचौं स्थानमा छ । दशरथ रंगशालामा खेल साँझ ६ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्