आर्थिक

बोयर बाख्रा पालनमा युवा आकर्षण, विक्री नहुँदा बढ्यो निराशा (भिडियो रिपोर्टसहित)

२०८० जेठ ९ गते १६:४२
बोयर बाख्रा पालनमा युवा आकर्षण, विक्री नहुँदा बढ्यो निराशा (भिडियो रिपोर्टसहित)

९ जेठ २०८० धनकुटा । धनकुटामा पछिल्लो समय व्यवसायिक रुपमा बाख्रा पाल्ने किसानको संख्या बढिरहेको छ । विदेश गएर फर्किएका युवा व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय गरिरहेक छन । बोयर बाख्रा पाल्न थाले पनि विक्री हुनै छोडेपछि उनीहरुमा निराशा छाएको छ ।

स्थानीय जातभन्दा बढी आम्दानी हुने भन्दै बोयर जातको बाख्रा पालनमा लागेका धनकुटाका किसान अहिले समस्यामा छन् । सुरुमा राम्रो आम्दानी भए पनि पछिल्लो समय बोयर विक्री हुनै छाडेको छ । बोयर, जमुनापारीलगायत जातका खसी(बोका विक्री हुन छाडेपछि किसान मारमा परेका हुन् ।

सुरुसुरुमा बोयर जातको खसी बोकाको मासु प्रतिकिलो १५ सयदेखि २ हजारसम्ममा विक्री हुन्थ्यो । एउटै बोकाको दुई लाख रुपैंयासम्म आउँथ्यो । अहिले प्रतिकिलो पाँच सय रुपैयाँमा विक्री गर्न समेत मुस्किल छ । किसानले नरुचाउनु, उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनु र सस्तो भारतीय खसी बोकाका कारण बोयर विक्रीमा समस्या आएको हुन सक्ने किसान र विज्ञको भनाइ छ ।

पछिल्लो समय बाख्रालाई खुवाउने दानाको मूल्य बढ्दो छ । तर मासुको खपत र खसीबोकाको मूल्य भने घट्दो छ । यस्तोमा किसानले भोगेका वास्ताविक समस्या पहिचान गरेर निकास दिन सरकारसँग आग्रह गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *