खेलकूद

नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज

हिमालय टिभी
२०७९ असोज ११ गते ९:२४
नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज

११ असोज २०७९ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्द्वी बङ्गलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेशनल विन्डोअन्तर्गत बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ : ३० बजे सुरु हुनेछ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बङ्गलादेशविरुद्ध जितकै लागि खेल्ने बताउनुभयो । तर, टिमका कप्तान किरण चेम्जोङले भने बङ्गलादेशविरुद्धको खेल जित्न सहज नभएको बताउनुभयो ।

नेपालले बङ्गलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बङ्गलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्