खेलकूद

कल्पनाले गराइन् खेलाडीहरुलाई क्लाइम्विङ्ग

हिमालय टिभी
२०७९ भदौ ७ गते ७:१२
कल्पनाले गराइन् खेलाडीहरुलाई क्लाइम्विङ्ग

७ भदौ २०७९ काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीहरुलाई क्लाइम्विङ्ग गराएकी छन् ।

स्पोटर्स क्लाइम्विङ्ग खेल प्रवर्द्धन गर्न राजधानीमा शुरु भएको एकहप्ते क्लाइम्विङ्ग अभ्यासको क्रममा सोमबार खेलाडीहरुलाई क्लाइम्विङ्ग गराइएको हो ।

राजधानीको धुम्वाराहीमा रहेको पासाग ल्हामु स्पोटर्स क्लाइम्विङ्गमा क्लाइम्विङ्ग अभ्यास गराइएको हो ।

संस्कृति र साहस सँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमका क्रममा खेलाडीहरुलाई क्लाइम्विङ्ग गराइएको हो ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सोमबारदेखि शुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विङ्ग अभ्यास गराउने कार्यक्रम तय गरिएको थियो ।

यस अन्तर्गत पहिलो दिन आइतबार पहिलो दिन प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । राजधानीका विभिन्न प्रिस्कुलका महिला प्रिन्सिपलहरुले क्लाइम्विङ्ग गरेका थिए ।

माउण्टेन एडभेन्सर सपोर्ट को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।

कार्यक्रमको माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीका अध्यक्ष एवं खेलकुद अन्तर्गत पर्ने क्लाइम्विङ्ग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गत वर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको बताइन ।

कार्यक्रमको उदघाटन नेशनल क्लाइम्विङ्ग स्पोर्टस िएशोसिएशनका अध्यक्ष हरि धरेलले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्