आर्थिक

सरकारले सहुलित कटौती गर्दा समस्या भएको दुग्ध व्यवसायीको गुनासो (भिडियो रिपोर्टसहित)

२०७९ साउन १५ गते १९:०४
सरकारले सहुलित कटौती गर्दा समस्या भएको दुग्ध व्यवसायीको गुनासो (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ काठमाडौं । नेपालले स्वदेशमै आवश्यक मात्रामा दुध उत्पादन हुने गरेको भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । वार्षिक २४ लाख ८० हजार मेक्ट्रिक टन दुध उत्पादन हुने गरेको छ । दुग्ध व्यवसायी भने सरकारले नीति निर्माणमा सहभागी नगराएर तथा विभिन्न सहुलियत कटौती गरेका कारण समस्यामा परेको गुनासो गर्छन् ।

मानव शरीरका लागि आवश्यक पर्ने चिल्लो पदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन दुधबाट पाउन सकिन्छ । स्वास्थ्य जीवनयापनका लागि एक व्यक्तिलाई वार्षिक ५१ लिटर र दैनिक २०० मिलिलिटर दुध आवश्यक पर्छ । सुनदेखि नुनसम्म आयात गर्दै आएको नेपाल पछिल्लो समय दुधमा भने आत्मनिर्भर बनेको सरकारी भनाइ छ ।

नेपालमा वर्षिक रुपमा २४ लाख ८० हजार मेक्ट्रिक्टन दुध उत्पादन हुने गरेको राष्ट्रिय दुग्ध विकास बोर्डले जानकारी दिएको छ । हालको जनसंख्याका लागि यो दुध पर्याप्त भएको बोर्डको भनाइ छ । तर, उत्पादनको १७ प्रतिशत मात्रै औपचारिक क्षेत्रबाट वितरण हुने गरेको छ ।

यसका अतिरिक्त ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट र ५० प्रतिशत घरेलु क्षेत्रबाट दुध वितरण हुने गरेको छ । अनौपचारिक र घरेलु क्षेत्रबाट धेरै मात्रामा वितरण हुने भएकाले नै समय समयमा दुध अभाव हुने गरेको सरकारको प्रतिक्रिया छ ।

सरकारले दुधलाई अत्यावश्यक वस्तुमा राखेर चिह्न समेत प्रदान गरेको छ । हाल नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेको व्यवासायी बताउँछन् ।

सडक पूर्वाधारको अभाव, ढुवानीमैत्री साधनको अभाव, सरकारको कसिलो नीति तथा व्यवसायीले पाउने सहुलियतमा कटौतीका कारण उत्पादित दुधको आधा मात्रा मात्रै बजारमा आउने गरेको छ । दुधको मूल्य निर्धारणमा पनि सरकारले ध्यान नदिँदा समस्या खेप्नु परेको व्यवसायी गुनासो गर्छन् ।

३० हजार जनाले दुग्धजन्य उद्योगमा रोजगारी पाएको नेपाल डेरी एशोसिएशनको तथ्याङ्क छ । दुग्धजन्य उद्योगमा नीजि क्षेत्रको ठूलो लगानी भए पनि नीति निर्माणको क्रममा परामर्श नगर्दा झन् समस्या खेप्नु परको व्यवसायी बताउँछन् । यी समस्या निराकरणमा सरकारको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *