खेलकूद

इंग्ल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा भारत विजयी

हिमालय टिभी
२०७९ असार २४ गते ८:२७
इंग्ल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा भारत विजयी

२४ असार २०७९ काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा भारत विजयी भएको छ ।

गएराति सम्पन्न पहिलो खेलमा भारतले घरेलु टोली इंग्ल्याण्डमाथि ५० रनको जित निकालेको हो । १९९ रनको लक्ष्यसहित मैदान ओर्लेको इंग्ल्याण्ड ३ बल अगावै १४८ रनमा अलआउट भयो ।

उसका लागि मोइन अलीले सर्वाधिक ३६ रन बनाए । त्यस्तै हेरी ब्रोकले २८ रन जोड्दा क्रिस जोर्डन २६ रनमा अविजित रहे । भारतका हार्दिक पाण्ड्याले चार विकेट लिए ।

यसअघि साउथह्याम्टनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्ड्याले ५१ रन बनाए ।

त्यस्तै सुर्यकुमार यादवले ३९, दीपक हुड्डाले ३३ तथा कप्तान रोहित शर्माले २४ रन जोडे । इंग्ल्याण्डका मोइन अली र क्रिस जोर्डनले समान २–२ विकेट लिए ।

हार्दिक पाण्ड्या म्यान अफ द म्याच चुनिए । जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्