खेलकूद

फिफाद्वारा पाकिस्तान फुटबल फेडेरेशनमाथिको प्रतिबन्ध फुकुवा

हिमालय टिभी
२०७९ असार १७ गते ७:५४
फिफाद्वारा पाकिस्तान फुटबल फेडेरेशनमाथिको प्रतिबन्ध फुकुवा

१७ असार २०७९ काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेशनमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरशनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएका कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्