खेलकूद

क्यानले क्रिकेटको आठ वर्ष बन्ध्याकरण गर्यो –गोकुल बास्कोटा (भिडियो रिपोर्टसहित)

कुरै नबुझी नबोलौं –चतुरबहादुर चन्द

हिमालय टिभी
२०७९ असार १४ गते २०:४४
क्यानले क्रिकेटको आठ वर्ष बन्ध्याकरण गर्यो –गोकुल बास्कोटा  (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल ट्वेन्टी–ट्वेन्टी लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको सार्वजनिक भएसँगै यो विषय विवादित बन्यो ।

क्यान र सेभेन थ्री स्पोर्टस्बीचको सम्झौता भारतीय कानूनअनुसार भएको भन्दै क्यानको तीव्र आलोचना भइरहँदा यो विवादले संसदमा पनि प्रवेश पायो ।

गत आइतबार नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा नेपाल ट्वेन्टी–ट्वेन्टी लिगको रणनीतिक र व्यवसायिक साझेदारी अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको विषयमा सरकारको ध्यानाकर्षण गराए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चतुर्‍याईंपूर्वक चरम आर्थिक चलखेल गरेको आरोपसम्म लगाए ।

क्यानले पहिलो पटक गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल ट्वेन्टी–ट्वेन्टी लिगका लागि २०७७ माघमा पहिलोपटक सम्झौता भएको थियो । ठूला इभेन्टहरु नगरेको कम्पनीसँग लिग सम्झौता गरेको भन्दै विरोध भएपछि क्यानले विवादास्पद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

गत वर्ष फेरी धनगढीमा सम्पन्न क्यानको साधारण सभाले त्यहि कम्पनीसँग रणनीतिक र व्यवसायिक साझेदारी गर्ने निर्णय गरेपछि यो विषय पुन विवादमा तानियो । पहिलो पटक भएको सम्झौताबाट समय अवधि घटाउँदै १० वर्षबाट ८ वर्ष र सम्झौता रकम ४२ करोडबाट ३३ करोडमा झारियो । यति मात्र होइन क्यान र सेभेन थ्रीबीचको सम्झौता भारतीय कानुन अनुसार भएको पाइएपछि सांसद बाँस्कोटाको आपत्ति छ ।

तर सांसद बाँस्कोटाको भनाइको क्यानले खण्डन गरेको छ। जिम्मेवार नेताले जानकारी बिनै सार्वजनिक अभिव्यक्ति दिनु गलत भएको क्यान अध्यक्ष चन्दको टिप्पणी छ ।

सम्झौता पत्रको बुँदा २१ मा यो सम्झौता भारतीय कानून अनुसार हुने उल्लेख छ । दुई पक्षबीच कुनै विवाद आएमा र १५ दिनभित्र समाधान नभए भारतीय कानून अनुसार नयाँ दिल्लीमा विवादको निरुपण गरिने उल्लेख छ । तर कुनै विदेशी कम्पनीले ठूला लगानी भित्र्याउने क्रममा लगानीको सुरक्षा खोज्ने भन्दै चन्दले सेभेन थ्रीको बचाउ गर्दै सांसद बाँस्कोटाले व्यक्ति विशेषको पक्षपोषण गरेको दाबी गरे ।

सम्झौताअनुसार क्यानले प्रतियोगिता असोज ८ गतेदेखि कात्तिक ५ सम्म आयोजना गर्ने घोषणा गरिसकेको छ । नेपालमा भइरहेका अन्य फ्रेन्चाईज प्रतियोगिताका आयोजक क्यानको विरोधमा लागिरहँदा राजनीतिक दलको ध्यान समेत यसमा तानिएको छ ।

आईसीसीले कुनै पनि हालतमा क्यानमाथि सरकारको हस्तक्षेप स्वीकार्य नहुने पटक पटक बताइरहँदा लामो समयपछि पूर्ण रुपमा प्रतिबन्धबाट फुकुवा भएको क्यान यस्तै विवादले फेरि पुरानै अवस्थामा फर्किने हो किन भन्ने क्रिकेट समर्थकलाई चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्