खेलकूद

आईपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान भिड्दै

हिमालय टिभी
२०७९ जेठ १५ गते ९:२५
आईपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान भिड्दै

१५ जेठ २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन् ।

यो खेल अहमदाबादमा नेपाली समय अनुसार बेलुका सवा आठ बजे शुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटमा नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्