खेलकूद
प्रिमियर लीगमा आर्सनल, टोटनह्याम र एभर्टन विजयी
२०७९ वैशाख १९ गते ८:३४

१९ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा आर्सनल, टोटनह्याम र एभर्टन विजयी भएका छन् ।
लीग अन्तर्गत गएराति चौथो स्थानको आर्सनलले वेष्टह्याम युनाइटेडमाथि २–१ को जित निकाल्यो ।
अवे मैदानमा आर्सनलले ३८औं मिनेटमा रोब होल्डिंग्सको गोलबाट अग्रता बनाएको थियो । तर युनाइटेडका जारोड वावेनले ४५औं मिनेटमा बराबरी गोल गरे ।
त्यसपछि ५४औं मिनेटमा गेबरियल मेगालहेसले गोल थपेपछि आर्सनल २–१ ले विजयी भएको हो । जितसँगै आर्सनलले ३४ खेलबाट ६३ अंक जोडेको छ । युनाइटेड ३५ खेलबाट ५२ अंकका साथ सातौं स्थानमा छ ।
लीगअन्तर्गत नै टोटेनह्यामले लेष्टर सिटीलाई ३–१ र एभर्टनले चेल्सीलाई १–० ले हराए ।
प्रतिक्रिया