खेलकूद
सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबलको फाइनल प्रवेश
२०७८ माघ २० गते ७:५९

२० माघ २०७८ काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न पहिलो सेमिफाइनलमा बुर्किना फासोमाथि ३–१ को जित निकाल्दै सेनेगलले फाइनलमा स्थान पक्का पारेको हो ।
७०औं मिनेटमा सेनेगलले अब्देउ डिएलोको गोलबाट अग्रता लिएको थियो । लगत्तै ७६औं मिनेटमा इड्रिसा गुएले उसको अग्रता दोब्बर पारेका थिए । तर ८२ औं मिनेटमा बुर्किना फासोका बाटी टाउरेले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए ।
त्यसपछि ८७औं मिनेटमा साडियो मानेले गोल गरेपछि सेनेगल समग्रमा ३१ ले विजयी भयो । अर्को सेमिफाइनलमा आयोजक क्यामरुन र इजिप्टले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया