खेलकूद

यस्ता क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुका चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते २१:०१
यस्ता क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुका चुनौती (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ काठमाडौं । नेपाली क्रिकेटका सफल प्रशिक्षक मानिएका पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन् ।

पहिलो कार्यकालमा नेपाललाई ऐतिहासिक ट्वेन्टीट्वेन्टी विश्वकपसम्म पुराएका पुबुदु समक्ष यस पटक एक दिवसीय मान्यता कायम राख्नु मुख्य चुनौती हुनेछ । पहिलो कार्यकालमा सफलता पाएका उनले नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको बढ्दो असमझदारीकाबीच आफुलाई प्रमाणित गुर्नपर्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान)को गत महिना बसेको बोर्ड बैठकले श्रीलंकन मूलका क्यानेडियन नागरिक पुबुदु दसानायकेलाई दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । गत असोजमा डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको स्थानमा नियुक्ति पाएका पुबुदु दोस्रो पटक नेपाली टोली सम्हाल्न मंगलबार नेपाल आएका हुन् ।

खेलाडीसँगको विवादमा व्यस्त क्यान नेतृत्व र पदाधिकारी प्रशिक्षक पुबुदुको स्वागतका लागि विमानस्थलमा देखिएनन् । एक्लै विमानस्थलमा पुगेका क्यानका क्रिकेट म्यानेजर विनोद दासले उनको स्वागत गरे । विमानस्थलमा संचारकर्मीसँग बोल्दै पुबुदुले नेपाल फर्किँदा खुसी व्यक्त गर्दै पहिले र अहिलेको नेपाली क्रिकेटमा धेरै फरक रहेको र नयाँ चुनौतीका लागि आफु तयार रहेको प्रतिक्रिया दिए ।

सन् २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकप खेलेको थियो । जुन नेपाली क्रिकेट इतिहासकै ठूलो उपलब्धि हो ।

उनकै प्रशिक्षणमा नेपालले डिभिजन फोर र थ्रीको उपाधि समेत जित्दै डिभिजन टु मा बढुवा भएको थियो । यस्तै सफलताको कथा कोर्ने लक्ष्यमा रहेका पुबुदुका लागि यस पटक क्यान र खेलाडीबीचको तिक्तततापूर्ण सम्बन्धकाबीच नतिजा निकाल्नु मुख्य चुनौती हुनेछ । विश्वभर यस्ता घटना हुने गरेको स्मरण गर्दै छलफलबाट निकाश निस्कन सक्ने यि घटनाले मैदानमा खासै प्रभाव नपार्ने उनको धारणा छ ।

गत असोजमा एभरेष्ट प्रिमियर लीग इपीइलमा भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकको भूमिकामा रहेका उनी नेपाली खेलाडी र खेल क्षेत्रका विषयमा जानकार छन् । ४ वर्षे पहिलो कार्यकालमा नेपाली क्रिकेटमा व्यापक परिवर्तन गरेका उनी यस पटक पनि त्यस्तै सफलता पाउन चाहन्छन् । नेपालमा थुप्रै नयाँ प्रतिभा रहेका कारण पनि उनी आफ्नो लक्ष्य प्राप्तीका लागि उत्साहित छन् ।

२०१५ मा संघ भित्रको आन्तरिक किचलोको कारण राजीनामा दिई अमेरिका गएका उनको पहिलो लक्ष्य फेब्रुअरीमा ओमानमा हुने आईसीसी ट्वेन्टी ट्वेन्टी ग्लोबल छनोटमा शीर्ष दुईमा पर्नुनै हो ।

यस्तै विश्व क्रिकेट लीग टु अन्तर्गतका खेलहरु पनि पाइप लाइनमा छन् । यसैका लागि गत सातादेखि बन्द प्रशिक्षण थाल्ने योजनामा रहेको क्यानले पछिल्लो किचलोकै कारण स्थगित गरेको थियो । अब पुबुदुको आगमनसँगै ति विषय समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्