Political Hightlights

अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले भने–पार्टीलाई फरक ढंगले अघि बढाउछु

हिमालय टिभी
२०७८ मंसिर १९ गते १३:५६
अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले भने–पार्टीलाई फरक ढंगले अघि बढाउछु

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई फरक ढंगले नेतृत्व दिने दाबी गर्नुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि आयोजित सभामा लिङदेनले पार्टीलाई सही दिशा दिने र नेता, कार्यकर्ताको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न तथा माला र खादा लगाइदिन आवश्यक नरहेको बताउनुभयो ।

अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै आफ्ना एजेण्डा कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उहाँले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गर्नुभयो ।

राजनीतिमा पुस्तान्तरणको नेतृत्व अब राप्रपाले गर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्