Political Hightlights

माओवादी केन्द्रको देशभरका वडामा नेतृत्व चयन

हिमालय टिभी
२०७८ मंसिर ४ गते १८:५६
माओवादी केन्द्रको देशभरका वडामा नेतृत्व चयन

४ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन अन्तर्गत आज देशैभर वडा सम्मेलन गरेको छ ।

माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आगामी पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन अन्तर्गत आज वडा सम्मेलन गरेको हो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेका केही स्थानमा मतदानबाट नेतृत्व छान्ने माओवादीको तयारी रहेको छ ।

माओवादी केन्द्रले चार चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन हुने छ ।

सम्मेलनका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको छ । निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब ३ लाख कार्यकताहरु विभिन्न तहमा निर्वाचित हुने जनाएको छ। ८ हजार भन्दा बढी समितिहरु गठन हुनेछन्।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको छ । माओवादीले करिब ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्