Political Hightlights

कर्णाली प्रदेशमा सरकार परिवर्तनको तयारी, मुख्यमन्त्रीमा कांग्रेसको दाबी

हिमालय टिभी
२०७८ असोज ३१ गते १६:०४
कर्णाली प्रदेशमा सरकार परिवर्तनको तयारी, मुख्यमन्त्रीमा कांग्रेसको दाबी

३१ असोज २०७८ कर्णाली । कात्तिकको दोस्रो हप्तासम्म कर्णाली प्रदेश सरकार परिवर्तन गर्ने तयारी भएको छ । त्यहाँ कांग्रेसले सरकारको नेतृत्व दावी गरेको छ ।

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका मुख्य सचेतक जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रसँग भएको सहमति अनुसार कात्तिक पहिलो हप्तासम्ममा सरकार छोड्ने दावी गर्नुभयो ।

माओवादीसँग लिखित सहमति नभए पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भएको मौखिक सहमति अनुसार नैतिकताका आधारमा उहाँले सरकार छोड्नुपर्ने कांग्रेसको भनाइ छ ।

तर माओवादी संसदीय दलका मुख्य सचेतक ठम्मरबहादुर विष्टले भने सरकार छोड्ने विषयमा ठोस सहमति नभएको बताउनुभयो । सत्तारुढ प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले दुई दुई वटा मुख्य मन्त्री पाउने सहमति अनुसार माओवादीले एउटा प्रदेशको सरकार छोड्नु पर्ने हुन्छ ।

उसले अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा गरी तीन प्रदेश प्रमुख पाएको छ । त्यसैले एउटा प्रदेशको मुख्यमन्त्रि छोड्नु पर्ने भए पनि कहाँको छोड्ने भन्ने अझै टुंगो लागि नसकेको मुख्य सचेतक विष्टको भनाइ छ ।

त्यसका लागि तीनै पार्टीका अध्यक्षले केन्द्रमा सहमति गरेपछि मात्र प्रदेशका मुख्य मन्त्रीको टुंगो लाग्ने विष्टले बताउनुभयो । अहिलेका मुख्यमन्त्री शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै कात्तिकको ५ गते देखि १० गते भित्र सत्ता छोड्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्