Political Hightlights

पार्टी विभाजनमा नलागेका नेताहरु भावी रणनीति बनाउन छलफलमा

हिमालय टिभी
२०७८ भदौ ४ गते १३:३१
पार्टी विभाजनमा नलागेका नेताहरु भावी रणनीति बनाउन छलफलमा

४ भदौ २०७८ काठमाडौं । पार्टी विभाजनमा कतै पनि नलागेका नेकपा एमालेको तेस्रो धारका नेताहरू भावी रणनीति बनाउन छलफलमा जुट्दै छन् ।

त्यसका लागि महाराजगञ्जको एक पार्टी प्यालेसमा काठमाडौँमा उपलब्ध नेताहरुबीच छलफल हुनेछ ।

छलफलमा पहिले माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

हिजो जारी भएको संयुक्त वक्तब्य अनुसार पार्टीलाई एक ढिक्का बनाउने विषयमा आफुहरु छलफलमा बस्न लागेको ज्ञवालीले बताउनुभयो ।

एमाले उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित तटस्थ बसेका केन्द्रीय सदस्यहरु छलफलमा बस्न लागेका हुन् ।

बैठकमा एमाले केन्द्रीय कमिटीमा रहेका र हाल विभाजन प्रक्रियामा सामेल नभएकाहरुलाई बोलाईएको छ ।

आजको बैठकमा कार्यदलले तयार पारेको दश बुँदे सहमति माइन्युट अनुसार अक्षरस पालना गर्न नेतृत्वलाई दवाव दिने र नयाँ पार्टी दर्ता प्रक्रिया रोक्न वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गर्ने उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्