Political Hightlights

राप्रपा कार्यसम्पादन समितिका बैठक आज शुरु हुँदै

हिमालय टिभी
२०७८ साउन ३१ गते १३:३०
राप्रपा कार्यसम्पादन समितिका बैठक आज शुरु हुँदै

३१ साउन २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुरु हुँदैछ।

राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक विषयमा छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गरिनेछ।

उक्त प्रतिवदेनमाथि आजैदेखि छलफल शुरु हुने नेता श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाले आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय गरेको छ। महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदनबारे पनि छदफल शुरु हुन लागेको छ ।

हिन्दू राष्ट्र र आलंकारिक राजसंस्थाको स्थापनाबारे कार्यसम्पादन समितिमा छलफल हुने नेता श्रेष्ठले जानकारी दिनुभयो । वर्तमान सरकार गठनपछिको राजनीतिक अवस्थाबारे पनि पार्टीको धारणा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्