Political Hightlights

राष्ट्रियसभामा सांसदको प्रश्नः हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ९ गते १२:४१
राष्ट्रियसभामा सांसदको प्रश्नः हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ? (भिडियोसहित)

९ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्रीले बेलाबेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उहाँले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उहाँलाई भ्रममा पारेको समेत बताउनुभयो ।

कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छ्यु साच्छ्यु गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?

सांसद पन्थले पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छ्यु साच्छ्यु गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’’

स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ र प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उहाँले बताउनुभयो । लामो समयदेखि आरडीटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमानेको भन्दै उहाँले आरडीटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताउनुभयो । अत्यावश्यक स्वास्थ्य सामम्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारन्टिनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमतिविपरीत विधेयकहरु ल्याउने गरेको भन्दै उहाँले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्