आर्थिक

बजेट पूरै कार्यान्वयन गर्न सरकार असफल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते २१:०१
बजेट पूरै कार्यान्वयन गर्न सरकार असफल (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । नयाँ आर्थिक वर्ष आज शुरु भएको छ । तर गत आर्थिक वर्षको बजेट भने पूरै कार्यान्वयन गर्न सरकार असफल भएको छ । गत आर्थिक वर्षको बजेट मध्ये ८० दशमलब ८ प्रतिशत मात्रै खर्च भएको छ । त्यसमा पनि विकास खर्चको अवस्था झन नाजुक छ ।

सरकारले गत आर्थिक वर्षका लागि पोहोर जेठ १५ गते १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । तर पछि मध्यावधी समीक्षा मार्फत सरकारले बजेटको आकार घटाएको थियो । र बजेट १२ अर्ब ६६ अर्ब रुपैयाँको बनाईको थियो ।

तर पनि सरकारले यो संशोधित बजेट पनि पूरै खर्च गर्न सकेन । गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च भएको छ । यो भनेको शुरुको बजेटको ८० दशमलव ८ प्रतिशत र संशोधित अनुमानको ९३ दशमलव २० प्रतिशत हो ।

संशोधित अनुमानको ९३ दशमलव २० प्रतिशत कुल बजेट खर्च भए पनि पुँजिगततर्फको खर्च भने शुरु बजेटको ६४ दशमलब ६९ प्रतिशत मात्र छ ।
गत आर्थिक वर्षमा पुँजिगत तर्फ शुरुमा ३ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर कोरोना संक्रमणका कारण बजेट खर्च नभएको भन्दै १ खर्ब रुपैयाँ घटाएर २ खर्ब ५१ अर्ब रुपैयाँ बनाइएको थियो ।

त्यसमध्येको २ खर्ब २८ अर्ब ४८ करोड मात्र खर्च भएको हो । यो संशोधित बजेटको ९० दशमलव ८४ प्रतिशत हो । विकास निर्माणका काम प्रयोग हुने बजेट पुँजिगत खर्च हो । चालु खर्चतर्फ सुरुमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

तर पछि यसमा संशोधन गरेर ८ खर्ब ६८ अर्ब रुपैयाँ कायम गरिएको थियो । जसमध्येको ७ खर्ब ५१ अर्ब खर्च भएको छ । जुन सुरु अनुमानको ८९ दशमलब ७५ र सांसोधित अनुमानको ९८ दशमलब १८ प्रतिशत हो । सरकारी कर्मचारीको तलब भत्ता, पेन्सनलगायतका प्रशासनिक खर्च नै चालु खर्च हो ।

वित्तीय व्यवस्थापनतर्फ १ खर्ब रुपैयाँ खर्च भएको छ । शुरुमा वित्तीय व्यवस्थापनका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । तर पिछ यसलाई संशोधन गरेर १ खर्ब ४५ कर्बमा झारिएको थियो । तर खर्च भने सुरु अनुमानको ५८ दशमलब ४४ र शंशोधित बजेटको ६९ प्रतिशत मात्र भएको छ। सरकारले लिएका ऋण(व्याज तथा अनुदानमा वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च हुने गरेको छ ।

गत आर्थिक वर्षमा सरकार खर्चमा मात्र हैन । राजश्व संकलनमा पनि चुेकेको छ । सरकारले लक्ष्य अनुसारको राजश्व संकलन पनि गर्न सकेन । शुरूको बजेटमा राजश्व संकलनको लक्ष्य १० खर्ब ११ अर्ब रुपैयाँ थियो । त्यसलाई संशोधन गरेर ९ खर्ब ५९ अर्ब रुपैयाँ बनाईएको थियो । तर गत आर्थिक वर्षमा ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । जसमध्ये कर राजस्व ८ खर्ब ७० अर्ब रुपैयाँ र गैरकर राजस्व तर्फ भने ६८ अर्ब रुपैयाँ हो ।

यस्तै बैदेशिक साहयतातर्फ पनि २ खर्ब ९९ अर्ब ५० करोड बैदेशिक ऋण ६० अर्ब ५० करोड अनुदानको अपेक्षा बजेटमा गरिएको थियो । तर बैदेशिक ऋणतफ १ खर्ब ३९ अर्ब रुपैयाँ र अनुदान तर्फ १७ अर्ब ६१ कारोड रुपैयाँ मा मात्र प्राप्त भएको छ।

जुन प्रारम्भिक अनुमानको ४५ प्रतिशत मात्र हो । यस्तै आन्तरिक ऋण २ खर्ब २५ अर्ब सिलिङ तोकिएकोमा २ खर्ब २४ अर्ब संकल भएको अर्थमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *