स्थायी कमिटी बैठक रोक्न नेपाल समूहले गरेको आग्रह अध्यक्ष ओलीद्वारा अस्वीकार

१ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल –खनाल पक्षले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेका बेला भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य लगायतका नेता पुगेर बैठक रोक्न आग्रह गरेपनि ओलीले अस्वीकार गर्नुभएको हो ।
उपाध्यक्ष रावलले बैठक रोक्न आग्रह गरेपनि ओलीले बैठक रोक्न नसकिने भन्दै अघि बढाउन निर्देशन दिएपछि रावल लगायतका नेताहरु बाहिरिएका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेका बेला त्यसलाइ रोक्न भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य लगायतका नेता बैठक रोक्न पुग्नुभएको थियो ।
कार्यदलमा रहेका यी नेताहरुले हिजो नै अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी कमिटी र संसदीय दलको बैठक रोकेर १० बुँदे सहमतिका आधारमा एकता खोज्न आग्रह गरेका थिए ।
तर ओलीले आफू पक्षीय नेताहरु मात्रै उपस्थित भएपनि बैठक अघि बढाएपछि नेपाल खनाल पक्षका नेताहरु रोक्ने प्रयासमा पुगेका हुन् ।तर असफल भए । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुहुन्न । ३३ सदस्यीय स्थायी कमिटीमा पूर्व माओवादीसहित १७ जना सहभागी छन् ।
प्रतिक्रिया