Political Hightlights

गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया शुरु

हिमालय टिभी
२०७८ वैशाख १४ गते ८:११
गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया शुरु

१४ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया शुरु भएको छ ।

गण्डकी प्रदेश सभाको बैठक दिउँसो सवा १२ बजे बोलाइएको छ । सांसदहरूले बोल्ने क्रम आजै सकिने र मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि प्रस्ताव प्रदेश सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारिएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत हिजो बसेको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल भएको हो ।

अन्य प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा यसअघि प्रस्ताव दर्ता भए पनि प्रदेश सभामा प्रस्ताव टेबुल भएको यो नै पहिलोपटक हो ।

कर्णालीबाट सत्ता गठबन्धन शुरु गरेका कांग्रेस र माओवादीले गण्डकीमा दोस्रो प्रयोग गरेका छन् । केन्द्रमा पनि कांग्रेस र माओवादी सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारीमा छन् ।

अहिलेसम्मको अंकगणितमा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पास हुने निश्चित जस्तै छ । ६० सदस्य रहेको प्रदेश सभामा अविश्वासको प्रस्तावको पक्षमा ३२ मत छन् । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जनता समाजवादीका दुई सांसद प्रस्तावका पक्षमा छन् ।

गण्डकीमा एमालेका २७ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । पोखरेल गण्डकीमा मुख्यमन्त्री भए उहाँ कांग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बन्नु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्