खेलकूद

आईपीएलमा कोलकाताविरुद्ध मुम्बईको जित

हिमालय टिभी
२०७८ वैशाख १ गते ७:३६
आईपीएलमा कोलकाताविरुद्ध मुम्बईको जित

१ वैशाख २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ ।

आईपीएल अन्तर्गत गएराति आफ्नो दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको हो । १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमात्र जोड्न सक्यो ।

कोलकाताका लागि नितीश रानाले ५७ तथा शुभमन गिलले ३३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा मुम्बईका राहुल चहरले चार तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई २० ओभरमा १ सय ५२ रनमा समेटिएको थियो । मुम्बईका तर्फबाट सूर्यकुमार यादवले ५६ तथा कप्तान रोहित शर्माले ४३ रन जोडे ।

बलिङ्तर्फ कोलकाताका आन्द्रे रसेलले पाँच विकेट हात पारे । मुम्बई आफ्नो पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरसँग दुई विकेटले पराजित भएको थियो भने कोलकाताले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आज चेन्नईमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेंग्लोर आमने सामने हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्