खेलकूद

एपीएफ ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल प्रवेश, मेयर्स एघार १० विकेटले पराजित

हिमालय टिभी
२०७७ चैत २४ गते १७:१९
एपीएफ ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल प्रवेश, मेयर्स एघार १० विकेटले पराजित

२४ चैत २०७७ काठमाडौं । ललितपुर मेयर्स एघारलाई हराउँदै विभागीय क्लब एपीएफ ललितपुर मेयर कप महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा आयोजक ललितपुर एघारलाई १० विकेटले हराउँदै एपीएफले एक खेल अगाडी नै उपाधि भिडन्त पक्का गरेको हो । ६७ रनको सामान्य लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना कुनै क्षति भेट्टाएको थियो ।

एपीएफको जितमा ओपनर राजमती ऐरीले नटआउट ३३ र ईन्दु बर्माले नटआउट २८ रन बनाईन् । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन मात्र बनाएको थियो ।

ललितपुरका कञ्चन श्रेष्ठले १७, सन्तोषी चौधरीले नटआउट १३ र कप्तान सरस्वती कुमारीले १२ रन बनाउँदा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफकी अनुभवी स्पिनर बिनु बुढामगरले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै, रेखा रावलले १ मेडन सहित २ विकेट लिइन् । तीन खेलमा अपराजित एपीएफ ६ अंकका साथ शीर्ष स्थानमा छ ।

पहिलो खेलमा प्रदेश एकलाई ८ विकेटले हराएको एपीएफले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको थियो । आफ्नो अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशसँग बिहीबार खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्