Political Hightlights
एमालेमा नेपाल पक्षको समानान्तर गतिविधि तीव्र, आज पत्रकार सम्मेलन
२०७७ चैत ३ गते ९:१६

३ चैत २०७७ काठमाडौं । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षले समानान्तर गतिविधिलाई तिब्र पारेको छ।
एमालेमा नेपाल पक्षले भोलिका लागि तय गरेको राष्ट्रिय भेलाको तयारी तिब्र पारिएको छ । भोलिको भेलाबारे जानकारी दिन आज नेपाल पक्षले पत्रकार सम्मेलन आयोजना गर्दै छ।
ललितपुरको एक होटलमा आज दिउँसो दुई बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी खोसे पनि एमाले सचिव योगेश भट्टराईले प्रचार विभागका नाममा सूचना जारी गर्दै पत्रकार सम्मेलनमा सहभागिताका लागि पत्रकारलाई आमन्त्रण गर्नुभएको छ ।
हिजो ओली र नेपाल पक्षको बैठकमा समानान्तर गतिविधि रोक्नका लागि भएको प्रयास विफल भएसँगै नेपाल पक्षले भोलिको भेलाको तयारी तिब्र पारेको हो ।
प्रतिक्रिया