Political Hightlights

नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न नेकपा बागमती प्रदेशको निर्देशन

हिमालय टिभी
२०७७ मंसिर ७ गते १८:५३
नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न नेकपा बागमती प्रदेशको निर्देशन

७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीले चितवनमा हिजो नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा होहल्ला र नाराबाजी गर्नेमाथि कारवाही गर्न निर्देशन दिएको छ ।

ईञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले विज्ञप्ति निकालेर सम्बन्धित पार्टी कमिटीलाई कारवाहीका लागि निर्देशन दिनुभएको हो ।

कुरा मन नपरे विधिसम्मत ढंगले विरोध गर्न पाइने भएपनि हिजोको व्यवहार कुनै पनि हिसाबले मान्य नभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच नेकपा चितवन जिल्ला कमिटीले विज्ञप्ति निकालेर नेता पाण्डे सहभागी कार्यक्रममा होहल्ला र नाराबाजी गर्नेलाई विधिसम्मत ढंगले छानबिन गरेर कारवाही गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष यामबहादुर परियार र सचिव कृष्ण पोखरेलले विज्ञप्ति निकालेर कारवाहीको प्रतिबद्धता जनाउनुभएको हो । हिजो राप्ती नगरपालिकामा ओली पक्षका कार्यकर्ताले होहल्ला र नाराबाजी गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्