Main News

बारामा अस्पताल उद्घाटनको विषयमा विवादपछि झडप, गोली लागेर १७ वर्षीय युवा गम्भीर घाइते

हिमालय टिभी
२०८३ कार्तिक १५ गते १६:०१
बारामा अस्पताल उद्घाटनको विषयमा विवादपछि झडप, गोली लागेर १७ वर्षीय युवा गम्भीर घाइते

काठमाडौं : बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादमा गोली चल्दा १७ वर्षीय किशोर गम्भीर घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुदा प्रहरीले गोली चलाएको हो ।

झडप र आगजनीपछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्पताल उद्घाटनको विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको थियो । घटनामा स्थानीय १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

स्थानीयले अस्पतालमा आवश्यक सेवा–सुविधा, स्वास्थ्यकर्मी तथा स्रोतसाधनको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै विरोध गरेका थिए । स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले लाठीचार्ज गरेपछि अवस्था तनावपूर्ण बनेको हो ।

रास्वपाकी सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी दिउँसो १ बजे अस्पताल उद्घाटन कार्यक्रम तय गरिएको थियो । तर विवाद बढेपछि सांसद बास्कोटा कलैयामै रोकिनुभएको छ । झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपाल जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्