Main News

चिलिमेको सुरुङबाट निकालियो चार शव

हिमालय टिभी
२०८३ भदौ ३१ गते १९:३१
चिलिमेको सुरुङबाट निकालियो चार शव

काठमाडौं :  चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र चार वटा शव भेटिएको छ ।

नेपाली सेनासहितको खोज तथा उद्धार टोलीले आज दिउँसो तीन वटा शव र एक मानव अंग भेटाएकाे हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले सुरुङको ७० मिटरभित्र छिरेर गोताखोरले शव निकालेकाे बताउनुभयाे। सुरुङभित्र थप खोजी कार्य जारी छ ।

भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । सुरुङभित्र मानिसहरू फसेको आशंकामा नेपाली सेनासहित सशस्त्रका ११ जनाको टोली खोजीमा खटिएको छ । बाढीका कारण माथिल्लो त्रिशुली-१, माथिल्लाे त्रिशुली-३ ए लगायतका जलविद्युत् आयोजनाका संरचना, सुरुङ र पहुँच मार्गहरूमा व्यापक क्षति पुगेको छ। धेरै कामदार तथा कर्मचारीहरू बेपत्ता छन् ।

यता बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ३ पुगेको छ । रसुवामा १ सय ९३, नुवाकोटमा २ सय २ , धादिङमा ७२, चितवनमा ३ सय ६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्‍चिममा २ सय २२ गरी १ हजार ४ सय ३ शव फेला परेको हो ।

साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म १ हजार २ सय ३७ वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय १४ गरी कुल ३ हजार २ सय वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *