कला/मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ भोलिदेखि सुरु हुँदै

हिमालय टिभी
२०८३ जेठ २८ गते २०:२७
‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ भोलिदेखि सुरु हुँदै

काठमाडौं : सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को सिजन ५ आज राजधानीको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमा हलमा एक विशेष समारोहका बीच ग्राण्ड प्रिमियर गरिएको छ।

प्रिमियर कार्यक्रममा कार्यक्रममा सिजन ५ को पहिलो एपिसोडको विशेष स्क्रिनिङ समेत गरिएको थियो, जसलाई हलमा उपस्थित दर्शकले निकै रुचाएका छन् ।

यसपटक शोमा कोचहरूको नयाँ समीकरण देख्न पाइनेछ। नयाँ कोचहरूले यस सिजनका बाल प्रतिभाले नेपाली संगीत क्षेत्रमा नयाँ उचाई थप्ने बताएका छन् । कार्यक्रममा कोच मिलन नेवार, सत्यराज आचार्य र वाङ्देन शेर्पा उपस्थिति थिए । कोच मिलनले यस सिजन नयाँ कोच र नयाँ ट्यालेन्टको समिश्रण रहेको बताउनुभयो ।

यस्तै कोच सत्यराजले पनि यस सिजनमा नयाँ प्रतिस्पर्धीको नयाँ तरिका र गायिकी रहने बताउनुभयो । कोच वाङ्देन शेर्पाले पहिलो र नौलो अनुभव रहेको कारण यस सिजनमा अरु कोचसंग काम गर्न एकदम हौसला मिलेको बताउनुभयो ।

यसपटकको द भ्वाइस किड्सको विजेताले ५० लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । ब्लाइन्ड अडिसनबाट छनोट हुने ४८ जनाबीचको प्रतिस्पर्धालाई रोचक बनाउन ‘सुपर ब्लक’ को नियमसमेत राखिएको छ । यो शो भोलिदेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभी एचडी र आधिकारिक युट्युब च्यानलमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *