राजनीतिमा पूर्वउपराष्ट्रपति पुन, विद्यादेवीलाई सहज !

काठमाडौं : निर्णय भइनसकेपनि अब पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको कृषि तथा उत्पादन विभाग प्रमुखका रुपमा राजनीतिमा होमिनुभएको छ ।
सात वर्ष देशकै दोस्रो ठूलो उपराष्ट्रपति पद सम्हाल्नुभएका पुनको राजनीतिक पुनरागमन उहाँमा मात्रै केन्द्रित नभएको विश्लेषण हुन थालेको छ । नेकपा पुनर्निर्माणको भित्रि मनासयमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीका लागि पुनमार्फत् राजनीतिको सहज गोरेटो खनिदिनुभएको पूर्वानुमान समेत हुन थालेको छ ।
मंसिर १९ गते काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित गणतन्त्र सेनानी सम्मान–२०८१ कार्यक्रममा पुनले दिनुभएको राजनीतिक
उहाँ रातो मान्छे भएर राजनीतिमा हामफालीसक्नुभएको छ– अर्थात् माओवादीको कृषि र उत्पादन क्षेत्र हेर्नेगरी । त्यो पदको लागि उहाँले किन मरिहत्ते गर्नुभयो त ? पदाधिकारी, सचिवालय र केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको हैसियतमा देखिनुभएका पुनलाई अहिले पार्टीले दिने र उहाँले लिने सहमति भएको यो पद उहाँको राजनीतिक विरासत र पृष्ठभुमि सुहाउँदो छ त ?
माओवादीका नेताहरुले जे सुकै भनुन् । या पूर्वउपराष्ट्रपतिले जे तर्क दिउन्, रातो मान्छे भएर राजनीतिमा फेरि हामफाल्नुभएका पुनका लागि यो पद देखाउने दाँत मात्रै हो । अर्थात् पुनको राजनीतिक पुनरागमनको सन्देश पृथक छ ।
७र७ वर्ष सँग सँगै देशको पहिलो र दोस्रो ठूलो पदको नेतृत्व सम्मालिसक्नुभएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि सहज बाटो निर्माणका लागि पुन आलोचना सहेरै कृषि र उत्पादन क्षेत्र लिन तयार हुनुभएको विषय जगजाहेर छ । तर माओवादी नेतृत्व यो स्वीकार गर्ने पक्षमा छैन ।
दुई कार्यकाल उपराष्ट्रपति पद लिएर स्वतन्त्र व्यक्ति भइसकेका व्यक्ति फेरि माओवादीको राजनीतिमा फर्किने भएपछि उहाँको नैतिकतामाथि नै ठूलो प्रश्न उठेको छ ।
माओवादी सशस्त्र युद्धकालका लडाकु कमाण्डर पुन दुई कार्यकाल देशको दोस्रो ठूलो पद अर्थात् उपराष्ट्रपतिका रुपमा रहनुभयो । राष्ट्रपति वा उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किने कुरा नेपालको जस्तो शासन व्यवस्था भएको देशका लागि अस्वभाविक हो । तर उहाँलाई राजनीतिमा फर्काउन माओवादी केन्द्र आफैं लागिपरेको छ । जनतामा पार्टीको घट्दो साख र दोस्रो–तेस्रो तहका नेताहरुसँगको बढ्दो टकराबका कारण प्रचण्ड पुनलाई उपाध्यक्षको भूमिकामा भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । तर आन्तरिक टकराव यती बढ्यो कि पुनलाई सामान्य जिम्मेवारीमै चित्त बुझाउन प्रचण्ड सफल हुनुभयो । अनि नेकपा निर्माणको भित्री अभिष्ठ पुरा गर्ने रणनीतिक मुभमा सफलता ।
२०७४ को आम चुनावपछि निर्मित नेकपामा शक्तिको टकराब र एक अर्का विरोधी गतिविधि बढ्दैजाँदा ओली( प्रचण्ड तीन वर्षमै विछोडिए । तर एमालेको चलायमान संगठन र कार्यकर्ताको अनुसाशन प्रचण्डलाई खुब मनपर्यो । र त सुर्य चिन्ह मेरो हो भन्दे उहाँ ओलीसँग विछोडिएपनि ०७८ को अन्तिम महिनाहरुमा निकै दिन माइतिघरको चिसो भुइंमा सुर्य चिन्ह बोक्दै रन्थनिनुभयो ।
०८९ पुर १० मा एमालेसँग सत्ता गठबन्धन गर्दै बालकोटको बार्दलीबाट संयुक्त अभिभादन गर्न भ्याउनुभएका प्रचण्डसँग ओलीको सत्ता यात्रा सँगै स्वर्ग र नर्क भन्दै गत असार १७बाट टुंगियो । कम्तिमा संसदको यो कार्यकाल प्रचण्डको सत्तायात्रा लगभग टुंगियो । र फेरि प्रचण्ड निर्णायक शक्तिको नेतृत्व गर्दै सदनमा फर्कने सम्भावना पनि क्षिण देखिन्छ । यस्तोमा चिनियाँ कम्युनिष्ट पार्टीको समेत सकारात्मक सन्देशसहित विद्यालाई राजनीतिमा सक्रिय बनाउने र एमालेको नेतृत्वमा पुर्याएर फेरि नेकपा निर्माणमा लाग्ने प्रचण्डको प्रचण्ड योजना देखिन्छ । र यो योजना साकार पार्न पुनलाई पहिला राजनीतिमा सक्रिय पार्ने रणनीति ।
एमाले भित्रैको एउटा पंक्ति अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीका रुपमा भण्डारीलाई हेर्न चाहन्छ । ओली स्वयम् त्यसका लागि अहिले तयार नहुँदा भण्डारीको पुनरागमन ढिला भएको छ । र राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने तर्क एमालेमा बलियो बन्दै जाँदा त्यसको काउण्टर जवाफ बन्नुभएको छ नन्दकिशोर पुन पासाङ । अनि पासाङको राजनीतिक अवतरण देखाएर विद्याका लागि बाटो खन्ने योजना नाङ्लो ठटाएर हात्ती लखेट्ने रणनीति बन्ने अवस्थाको निर्माण होइन भन्नका लागि माओवादीको कृषि तथा उत्पादन विभागमा पुनले गर्ने कामको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया