आशिका तामाङ, बेसरम अभियन्ता !
काठमाडौं : सामाजिक अभियन्ता भन्ने नाममा हल्ला र हर्कतको अर्को नाम बनिसकेकी छन् आशिका तामाङ। कहिले प्रहरीलाई नाङ्गै हिँड्नुस् भन्दै भिडन्त गर्छिन्, त कहिले झोलुङ्गे पुलको टिकट प्याडमा आगो लगाएर नाटक गर्छिन्।
पशुपति विकास कोषका ३५ महिलाको जागिर गुमेको मुद्दा उठाउन गएकी आशिकाले प्रहरीसँग भिड्ने बहानामा कानुनको खिल्ली उडाएकी छन्। “बर्दी खोलेर नाङ्गै हिँड्नुस्” भन्ने उनको भाषाले सामाजिक अभियानको सट्टा व्यक्तिगत घमण्ड देखाउँछ। फेसबुकमा लाखौं फलोअर भए पनि उनका कर्तुतले समाजलाई समाधानभन्दा झन् अस्थिरता दिएको छ। जनताको नाममा सरकारी निकाय तोडफोड गर्ने, भिड उत्तेजित गर्ने र कानुन मिच्ने यो शैली कुनै न्यायको लडाईं होइन। यो त केवल बेसरम प्रचार हो, जसले सामाजिक अभियन्ताको परिभाषालाई नै बदनाम बनाइरहेको छ।
नेपालमा सामाजिक अभियन्ता बन्नलाई न त खासै पढाइ चाहिन्छ, न त आचरण! यही कुरा पुनः पुष्टि गरिरहेकी छन् आशिका तामाङ। कोही प्रहरीलाई नाङ्गै हिँड्न भन्नु, कोहीको कार्यालय तोडफोड गर्नु, अनि कतै आगो लगाएर नाटक गर्नु—यिनै हुन् त आजकल सामाजिक अभियन्ताको परिभाषा ?
प्रसंग हो, बिहीबारको । पशुपति विकास कोषको ३५ महिलाको जागिर खोसिएको कुरा उठाउन गएकी आशिकाले प्रहरीसँग भिडन्त गर्दा प्रयोग गरेको भाषाले उनको स्तर राम्रैसँग देखाएको छ।
बर्दी खोल्नुस्, नाङ्गै हिँड्नुस् भन्नु कुनै सामाजिक न्यायको लडाईं हो कि व्यक्तिगत घमण्ड प्रदर्शन? प्रहरी भनेको राज्यको कानुनी निकाय हो। आफूले विरोध गर्दैमा कानुन मिचेर अपमानजनक भाषा बोल्न पाइन्छ भन्ने सोच कहाँबाट आयो?
हुन त आशिकाको अभिवयक्ति शैली यतिमा रोकिँदैन । गत असोजमा भक्तपुरको झोलुङ्गे पुलमा नगरपालिकाले चढ्न टिकट लिँदैमा आशिकाको अराजकता जागेको थियो। नगरपालिकाले त्यहाँ संरचना बनाउन र मर्मत गर्न पैसा संकलन गरेकै हो, तर आशिकाको “क्रान्तिकारी” सोचले त्यसलाई अत्याचार देख्यो। उनले टिकट प्याड जलाइदिइन्, संरचनामा तोडफोड गरिन्, अनि फेसबुकमा आफूलाई “न्यायको देवता” बनाएर प्रस्तुत गरिन्।
तर, यही क्रियाकलापका कारण उनीमाथि उजुरी परेको थियो । आशिका तामाङको सामाजिक अभियान के हो भने जनतालाई उत्तेजित गर्नु, सरकारी निकायमाथि आक्रमण गर्नु, र कानुन तोडेर भाइरल हुनु। सामाजिक अभियन्ता भनेको समाधान खोज्ने व्यक्ति हो, समस्या बढाउने होइन। तर आशिकाको शैली भने हल्ला मच्चाऊ, भिड जम्मा गर, र नाटक देखाऊ मा आधारित छ।
पानीको मूल्यबाट सुरु भएको उनको अभियान, खोलानालामा पिसाब फेर्नेलाई झपार्नेसम्म पुग्यो । धादिङमा सस्तो मूल्यमा खाना नदिएको झोंकमा उनको धादिङका होटल ब्यवसायीसँग ठूलो भनाभन समेत भएको थियो ।
आशिकाको फेसबुकमा लाखौं फलोअर छन्। तर प्रश्न उठ्छ—के यिनका फलोअरले वास्तवमै समाज परिवर्तनको लागि साथ दिएका हुन्, कि काँध थप्ने साइबर समूह मात्रै बनेका हुन्? सामाजिक अभियन्ता बन्नु भनेको व्यक्तिगत प्रचार र कानुनको खिल्ली उडाउनु होइन।
नेपालमा असल सामाजिक अभियन्ताको खाँचो छ। तर आशिकाको हर्कतले यो शब्दको अर्थ नै बदनाम बनाइदिएको छ। नियम-कानुनबारे ज्ञान नभएको, सार्वजनिक सम्पत्तिलाई क्षति पुर्या्उने, अनि प्रहरी जस्ता निकायको अपमान गर्ने व्यक्तिलाई अभियन्ता को उपमा दिनु भनेको समाजको वास्तविक अभियन्ताप्रति अपमान हो। जनताको आवाज बोल्ने नाममा कानुन तोड्ने, अनि आफैंलाई पीडितको मसीहा बनाउने आशिका तामाङको अभियान कुनै सामाजिक परिवर्तन होइन, केवल सस्तो प्रचार हो। हल्ला र भाइरलबाट मात्रै समाज परिवर्तन हुँदैन, तर उनले यो कुरा बुझ्न अझै बाँकी छ।
प्रतिक्रिया