चार महिनामा ५०९ प्रहरीले छाडे जागिर
काठमाडौं : चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताउनुभयो । साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताउनुभयो ।
गत वर्ष सोही अवधिमा १२ सय ८२ वटा उजुरी परेको थियो । उहाँले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रहरी कर्मचारीविरुद्धको उजुरी घटेको बताउनुभयो ।
पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएका छन । चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश तयार भएका हुन् ।
तर, ४२१ वटा प्रहरी युनिटले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया