पत्रकार महासंघ हिमालय टेलिभिजनमा निर्विरोध नयाँ नेतृत्व
काठमाडौं : नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा वरिष्ठ क्यामरापर्सन गुञ्जनराज गिरी निर्विरोध अध्यक्ष बन्नुभएको छ ।
हिमालय टेलिभिजन प्रतिष्ठान शाखाको पाँचौै अधिवेशनमा एकल उम्मेदवारी परेपछि गिरीसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा दिवाकर पोखरेल, सचिवमा जीवन सुवेदी, समवेशी सचिवमा निरश तामाङ निर्विरोध बन्नुभयो ।
यसैगरी कोषाध्यक्षमा पुष्पलाल बाँस्तोला निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै खुला सदस्यमा शंकर पण्डित र प्रिन्स मिश्र निर्विरोध हुनुभयो । केन्द्रीय परिषद् सदस्यमा तीर्थराज खनाल हुनुहुन्छ ।
यस हिमालय टेलिभिजन प्रतिष्ठान शाखाका सदस्य रहनु भएका रामचन्द्र अर्याल प्रतिष्ठान प्रदेशको महासचिवमा निर्विरोध चयन भइसक्नु भएको छ भने यसै शाखा सदस्य संवेग बस्नेत पनि प्रतिष्ठान प्रदेशको सदस्यमा निर्विरोध हुनुभयो ।
प्रतिक्रिया