टिकटकबाट कसरी कमाउने पैसा ?
काठमाडौं : टिकटकमा कति भ्युज पुग्यो, कतिले रियाक्ट गरे, कतिले कमेन्ट गरे, लाईभ बस्दा गिफ्ट कतिले दिए ? तपाईं टिकटक चलाउनुहुन्छ भने पक्कै पनि यी चिन्ताहरु लिनुभएको छ वा यस्तो चिन्ता लिएको देख्नुभएको छ । यस्तो चिन्ता किन गरिन्छ ?
किनकी अहिले केही युवायुवतीको व्यवसाय नै बनेको छ, टिकटक । टिकटकमार्फत् मनोरञ्जन प्रदान गरी भ्यूज बटुल्नु, त्यसका आधारमा उपहार पाउनु वा व्यवसायिक रुपमा विज्ञापनको काम पाउनु टिकटकका सकारात्मक पक्ष हुन् । त्यसो भए टिकटकबाट साँच्चै पैसा कमाउन सकिन्छ त ? आज हामी यो विषयमा चर्चा गर्दैछौँ ।
विभिन्न विषयका भिडियो बनाएर आफ्नो कला देखाउन, रमाईलो सामग्री हेर्न वा आफ्नो व्यवसायको प्रचार गर्न पछिल्लो समय टिकटकको प्रयोग भैरहेको छ । जानकारीमूलक सन्देशदेखि अनेकन सामग्रीहरु टिकटकमा उपलब्ध हुन थालेका छन् । योसँगै टिकटक आम्दानीको स्रोत समेत बनेको छ । मनोज केसीले लामो समयदेखि टिकटकमा रमाईला र सन्देशमुलक भिडियोहरु बनाइरहनुभएको छ । टिकटक उहाँको दैनिकी मात्र नभएर व्यवसाय बनेको छ ।
टिकटकमा तपाई धेरै लोकप्रिय हुनुहुन्छ र धेरै फ्यान फलोअर छ भने ब्राण्ड स्पोन्सरसिपबाट पनि पैसा कमाउन सकिन्छ । यसका लागि तपाईलाई ब्राण्डहरुले अप्रोच गर्नुपर्ने हुन्छ । र उनीहरुको व्रान्डको प्रमोसन गरेर पनि कमाई गर्न सक्नुहुन्छ । जसका लागि तपाईले आफ्नो वास्तविक विजनेस इमेल, टिकटक एकाउन्टमा राखेर सम्पर्क गर्ने बाटो खुल्ला राख्नसक्नुहुन्छ ।
गो लाइभ
टिकटकमा लाइभ बसेर पनि पैसा कमाउन सकिन्छ । तर तपाईंको अकाउन्ट लाइभ बस्नका लागि योग्य भएको अर्थात् एक हजार फलोअर भएको हुनुपर्छ । लाइभमा बस्दा टिकटकमा क्वाइन खरिद गर्ने एउटा अप्सन हुन्छ ।तपाईं लाइभमा आएपछि फ्यानहरुले टिकटकको क्वाइन खरिद गरी त्यसले कमेन्ट सेक्सनमा रहेको स्टिकर अप्सन खरिद गरेर तपाईंलाई गिफ्टको रुपमा पठाउँछन् । ती गिफ्टको पैसा तपाईंले आफ्नो अकाउन्टमा ल्याउन सक्नुहुन्छ ।
फलोअर बढाउने र बेच्ने
टिकटक प्रयोगकर्ताले टिकटक अकाउन्टमा फलोअर बढाएर त्यसलाई बेच्न सक्यो भने पनि आम्दानी गर्न सक्छन् । तर यो सबै किसिमका टिकटकरका लागि सम्भव छैन । तपाईको जति धेरै फलोअर छन् सोही अनुसार धेरै मूल्यमा विक्रि हुन्छ । नेपालमा यो परम्परा त्यत्ति नभए पनि विदेशमा भने टिकटक एकाउन्ट बेचेर पनि पैसा कमाउनेको जमात ठूलो बनिसकेको छ ।
राम्रो कन्टेन्ट बनाएर टिकटकमा हाल्ने हो भने टिकटकबाटै महिनाकै २० हजारदेखि १० लाख भन्दा बढी कमाउन सकिन्छ । त्यसको लागि लगनशीलता भने जरुरी छ ।
टिकटकरहरुका अनुसार टिकटकमा राम्रो कन्टेन्ट बनाएर हाल्नुभयो र तपाईको भिडियो सामग्रीलाई धरैले मन मनपराए भने, तपाईले टिकटकबाट राम्रो आम्दानी गर्न सक्नुहुन्छ । साथै तपाईको सृजना र रचनात्मक कलाले टिकटकबाटै फक्रिने मौका पाउनेछ । टिकटकबाटै आफ्नो कला प्रदर्शन गरेका कतिपय व्यक्तिहरु अहिले नेपाली कला क्षेत्रको मुलधारमा आइसकेका पनि छन् । उनीहरुका लागि टिकटक कलाक्षेत्रको प्रस्थान बिन्दु बन्यो भने त्यसकै जगमा राम्रा अवसरहरु पाएका छन् ।
प्रतिक्रिया