Main News

शार्क ट्याङ्क घोषणा, अब उद्यमी खोजिने

हिमालय टिभी
२०८१ पुष ९ गते १८:३०
शार्क ट्याङ्क घोषणा, अब उद्यमी खोजिने


काठमाडौं :
उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वव्यापी चर्चित व्यावसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने भएको छ ।

शोको औपचारिक घोषणा सोमबार गरिएको छ, जसले नेपालमा व्यवसाय विकास, रोजगारी सृजना र उद्यमशीलताको प्रवर्द्धनमा ठुलो टेवा पुर्यारउने अपेक्षा गरिएको छ ।

उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वव्यापी चर्चित व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने भएको छ। शोको औपचारिक घोषणा सोमबार गरिएको छ, जसले नेपालमा व्यवसाय विकास, रोजगारी सृजना र उद्यमशीलताको प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको पहिलो सिजनका लागि पाँच जना शार्क घोषणा गरिएको छ।

हेमराज ढकाल: आइएमई ग्रुपका प्रबन्ध निर्देशक
आनन्द बगरिया: निम्बस ग्रुपका प्रबन्ध निर्देशक
रितुसिंह वैद्य: बैद्य अर्गनाइजेशनकी प्रबन्ध निर्देशक
सौरभ ज्योती: पद्म ज्योति ग्रुपका निर्देशक
क्याबिनेट श्रेष्ठ: अग्नि ग्रुपका अध्यक्ष

सन् २००१ मा जापानको निप्पोन टेलिभिजनमा ‘मनी टाइगर्स’ को रूपमा सुरु भएको यो शो आज विश्वकै प्रतिष्ठित व्यवसायिक रियालिटी शोमध्ये एक बनेको छ। नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ सोनी पिक्चर्स टेलिभिजनद्वारा वितरण गरिएको ५४औं फ्रेन्चाइज हो। कार्यक्रममा सहभागी हुन इच्छुक उद्यमीहरूले हिमालय टेलिभिजनको एप वा वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

सहभागिताका व्यवसाय दर्ता भएको हुनुपर्ने।

संस्थापक नेपाली नागरिक हुनुपर्ने र कम्तीमा एक वर्षदेखि व्यवसाय संचालनमा रहेको हुनुपर्ने मापदण्ड तोकिएको छ । कार्यक्रमले नवप्रवर्तन, उद्यमशीलता र लगानीको नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

उद्यमीका अनुसार, यो कार्यक्रमले लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क गराउने प्लाटफर्म बन्नेछ। यो कार्यक्रमले नयाँ अवसरको सृजना गर्ने धेरैको अपेक्षा छ ।

शोको २० एपिसोडमा १०० जना उद्यमीहरूले आफ्नो व्यवसायिक आइडिया पिच गर्नेछन्। शार्कहरूले व्यापारको रणनीति, मासिक आम्दानी, र लक्षित बजारको आधारमा लगानी निर्णय गर्नेछन्। अनुमानित रूपमा ३५ देखि ४० करोड रुपैयाँसम्मको लगानी जुटाइनेछ। आवेदन जनवरी १५ तारिकसम्म दिइसक्नुपर्ने छ । ‘शार्क ट्याङ्क नेपाल’ जस्तो अन्तर्राष्ट्रिय फ्रेन्चाइजले नेपाली उद्यमशीलतामा नयाँ ऊर्जा थप्नेछ।

यो शोले न केवल व्यवसाय विस्तारमा सहयोग पुर्याउनेछ, तर उद्यमीहरूको व्यवसायिक आइडियालाई विश्वभर चिनाउने प्लेटफर्मका रूपमा पनि काम गर्ने अपेक्षा छ। अब नेपाली उद्यमशीलता ‘शार्क’हरूको मूल्यांकन र लगानीको माध्यमबाट नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *