Main News

रौतहटमा स्कार्पियो जिप दुर्घटनामा ८ जनाको मृत्यु

हिमालय टिभी
२०८१ मंसिर २५ गते १७:४२
रौतहटमा स्कार्पियो जिप दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

बा १६ च ३१६२ नम्बरको जीप चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा दुर्घटना भएको हाे। दुर्घटनामा सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कर्पिओ चालक ४० वर्षीय श्रीकुमार यादवको मृत्यु भएको हो । ग

म्भीर घाइते एक जनाको बयोधा अस्पताल वीरगञ्ज र अन्यको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख डीएसपी राजकुमार राईले बताउनुभयाे । जिप सडक छेउको रुखमा ठोक्किर तल खसेको थियो । स्कार्पियोमा बाराको पञ्चवर्षीय मेलाबाट सिराहा फर्किन लागेका दर्शनार्थी सवार थिए । तीब्र गतिका कारण दुर्घटना भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *